×
Nepse Bajar Messenger Channel
लुम्बिनी विकास बैंकको १३ दशमलव ७१२ प्रतिशत लाभांश घोषणा



लुम्बिनी विकास बैंकले कुल १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको ८ कात्तिकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि तीन दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लुम्बिनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस