×
Lagani
Lagani Shiksha gif
भोलि यी जिल्लामा सार्बजनिक बिदा ( सुचना सहित )



कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ ।

कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  राष्ट्रिय धान दिवस  कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ ।

Lagani Shiksha gif
sharehubapk भोलि यी जिल्लामा सार्बजनिक बिदा ( सुचना सहित )

मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।

वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ ।

यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।

134452236290534791 5356540134403056 1478680718967512632 n भोलि यी जिल्लामा सार्बजनिक बिदा ( सुचना सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Balkrishna karki
Guest
Balkrishna karki
June 28, 2022 7:06 pm

धान दिवश देशै भरी मनाइनु पर्व हुनु पर्ने हाे तर किसानलाइ न खाध् छ न त मल , किन बिभेद गरि पर्व मनाउने देश भरी कै किसानलाइ मलकाे व्यवस्था गर्ने देशै भरी पर्व मनाउने । कमसेकम अाफु निर्भर भयाे भने अरूकाे पर निर्भर त हुनु पर्दैन ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस