छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर फागुन १९ गते बाँडफाँट भएको छ ।
कम्पनीले माघ ११ गतेदेखि ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यो १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउँछ। हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार छ।
छ्याङदीले कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। कम्पनीको ५९ हजार ८३४ कित्ता हकप्रद सेयर बिक्री हुन सकेको छैन ।
बिक्री नएभको उक्त हकप्रद सेयर अब लिलामीमा आउने छ । केहि शेयरधनीले हक भन्दा बढी आवेदन दिएको हुदा बाँडफाँट गर्दा नपरेको शेयर बापतको रकम फागुन २३ गतेदेखि आवेदकहरुको बैंक खातामा पठाउने कम्पनीले जनाएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments