×
Lagani
Lagani Shiksha gif
छ्याङदी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, आवेदन नपरेको ५९ हजार ८३४ कित्ता लिलामीमा आउने



छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर फागुन १९ गते बाँडफाँट भएको छ ।

कम्पनीले माघ ११ गतेदेखि ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यो १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउँछ। हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार छ।

Lagani Shiksha gif
sharehubapk छ्याङदी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, आवेदन नपरेको ५९ हजार ८३४ कित्ता लिलामीमा आउने

छ्याङदीले कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। कम्पनीको ५९ हजार ८३४ कित्ता हकप्रद सेयर बिक्री हुन सकेको छैन ।

बिक्री नएभको उक्त हकप्रद सेयर अब लिलामीमा आउने छ । केहि शेयरधनीले हक भन्दा बढी आवेदन दिएको हुदा बाँडफाँट गर्दा नपरेको शेयर बापतको रकम फागुन २३ गतेदेखि आवेदकहरुको बैंक खातामा पठाउने कम्पनीले जनाएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस