×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सिटिजन्स लाइफले बोलायो साधारण सभा



सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत ११ गते हुने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मिति २०७८ साल फाल्गुण १३ गते शुक्रबार बसेको ६६औं बैठकको निर्णयानुसार कम्पनीको चौधो वार्षिक साधारण सभा  चैत ११ गते अल्फोट काठमाण्डु ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउसो तिन बजे देखि सुरु हुने भएको छ।

साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको आर्थिक वर्ष २०७६ ०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने रहेको छ ।

साथै उक्त सभाको प्रस्तावमा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीको नियमावलीको नियममा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाब आएमा सो सम्बन्धी काम गर्न सञ्चालक समितिलाई निर्देशन दिने रहेको छ ।

सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सो सम्बन्धी निवेदन सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै अर्थात २०७७ साल चैत्र ९ गते बुधबार दिउंसो ३:०० बजे भित्र कम्पनीको प्रधान कार्यालय टेकु, काठमाडौँमा दर्ता गराउनु पर्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ ।  यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी रहेको छ । कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्ता पुँजी पुर्याउने तयारी गरिरहेको छ । सिटिजन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।

CITIZEN AGM आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सिटिजन्स लाइफले बोलायो साधारण सभा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस