×
Lagani
Lagani Shiksha gif
आजपनि घट्यो शेयर बजार , मनकामना स्मार्टका शेयरधनि भने मालामाल



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक  ६१.२७ अंक घटेर २७५८.४८ विन्दुमा झरेको छ।

आज २३३ कम्पनीको ७३ हजार ६९३ कारोबारमा ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ भने कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबैको परिसूचक घटेको छ।

Lagani Shiksha gif
sharehubapk आजपनि घट्यो शेयर बजार , मनकामना स्मार्टका शेयरधनि भने मालामाल

म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८९ प्रतिशत घटेको छ। लगानीको परिसूचक ३.३८ प्रतिशत , जलविद्युत उपसमूहको ४.३ प्रतिशत र व्यापारको ३.१५ प्रतिशत घटेको छ। होटल तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

आज बजार घटे पनि मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य भने १० प्रतिशत आर्थत १३१ रुपैयाँ ७० पैसा बढेर १ हजार ४४८ रुपैयाँ ९० पैसा पुगेको छ भने आईसीएफसी फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.९८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Screenshot 2021 09 26 162515 आजपनि घट्यो शेयर बजार , मनकामना स्मार्टका शेयरधनि भने मालामाल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस