नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक शेयर भदौ १५ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।
उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार २२ तोकिएको छ भने शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ भने आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
बोलपत्र भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















