×
Lagani
Lagani Shiksha gif
ज्योति लाईफको शेयर डिम्याटमा ,कति पाउला ओपनिङ्ग रेञ्ज ?



ज्योति लाईफ इन्स्योरेन्सको शेयर डिम्याट खातामा आउँ लागेको छ। मेरो शेयरले JLI संकेत दिएर इन्स्योरेन्सको शेयर खातामा पठाएको छ।

ज्योति लाईफ

ज्योति लाइफ इन्सुरेन्सको आइपियो बाँडफाँट भएलगतै लगानीकर्तालाई ओपनिङ्ग रेञ्ज कति होला भन्ने चासो रहेको छ।नेप्सेमा सुचिकृत भए लगतै नेप्सेले कम्पनीको नेट वर्थको तिन गुना सम्म ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुनाले ज्योति लाइफ इन्सुरेन्सको पनि सोहि निएम अनुसार ओनप्निङ्ग रेब्ज तोकिने छ। कम्पन्निको आर्थिक वर्षा २०७६/७७ को अपरिष्कृत प्रति शेयर नेटवर्थ रु १३२.९४ रहेको हुनाले कम्पनीको ओपनिंग रेन्ज रु १३२.९४ देखि ३९८.८२ सम्म हुने ससम्भावना रहेको छ।

Screenshot 2021 03 30 095353 ज्योति लाईफको शेयर डिम्याटमा ,कति पाउला ओपनिङ्ग रेञ्ज ?

कम्पनीको आइपिओ शुक्रवार दिउँसो १ बजे बाँडफाँट गरिएकोथियो । कम्पनीको आईपीओमा हालसम्मकै धेरै मानिसहरुले आवेदन दिएका थिए ।क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको थियो । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन हो ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो ।

यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कूल ६ दिन बिक्री खुला रहेको थियो ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।  जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ ।  यस्तै ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्। बाँकी १२ लाख भन्दा धेरैको हात खाली हुने भएको थियो । यस कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस