×
Lagani
Lagani Shiksha gif
बल्ल भयो ज्योति लाइफको आइपियोको नतिजा सार्बजनिक , यहाबाट हेर्नुहोस



ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रवार दिउँसो १ बजे बाँडफाँट गरिएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलले ढिला गरी आईपीओ बाँडेको हो ।

नोट : नतिजा हेर्ने लिंक तल रहेको छ

आज दिनभर धेरै लगानीकर्ताले नतिजा हेर्न खोजे पनि सकेका छैनन्। मेरो शेयर अकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिने भएता पनि प्रयोगकर्ता धेरै हुँदा याे वेबसाइट पनि राम्राेसँग चलेकाे छैन ।यस्तोमा लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबी क्यापिटलको वेबसाइटमार्फत पनि शेयरको रिजल्ट हेर्ने प्रयास गरिरहेका छन् ।

एनएमबी क्यापिटलको वेबसाइट नै बन्द छ । वेब होस्टिङ कम्पनीलाई समयमा पैसा नतिर्दा एनएमबीको वेबसाइट बन्द भएको स्राेतले उल्लेख गरेकाे छ । हाल भने मेरो शेयरको सवडोमेनमा नतिजा प्रकासन भएको छ। अब लगानीकर्ताले ढुक्क संग आइपियोको नतिजा प्राप्त गर्न सक्ने छन्।nmb 768x278 1 बल्ल भयो ज्योति लाइफको आइपियोको नतिजा सार्बजनिक , यहाबाट हेर्नुहोस

यस कम्पनीको आईपीओमा हालसम्मकै धेरै मानिसहरुले आवेदन दिएका थिए ।क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।  जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ ।  यस्तै ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्। बाँकी १२ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।

कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

यस कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

कसरी हेर्ने नतिजा ?

विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर अघिल्लो ‘महिला लघुवित्त’को आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ ।

हाल भने नतिजा हेर्नको लागि यो लिंकमा जान सक्नुहुने छ।

नतिजा हेर्न यहा क्लिक गर्नुहोस 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस