आज शुक्रवार सिंगटी हाइड्रोले आईपीओ जारी गरेको छ ।
आइपियोमा आवेदन दिन समस्या हुने भएकाले कम्पनीको आइपियो शुक्रबार बाट बिक्रि खुल्ला गर्न लागेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी) जनाएको छ। तर लगानीकर्ताको संख्या बढे संगै आवेदन दिदा सर्भरमा भार पर्ने हुदा लगानीकर्ताले सास्ती झेल्नु पर्ने भएको हो। पैसा तिरेर पनि राम्रो सुविधा नपाएको भन्दै धेरै लगानीकर्ताले गुनासो गरेका छन्।
आइपियो भर्न समस्या भएको लगानिकर्ताको गुनासोको सम्बोधन गर्दै अब सीडीएससीको छुट्टै वेबसाइट मार्फत सहज ढंगले बिना झञ्झट आइपीओ आवेदन दिन मिल्ने भएको छ। मेरो शेयरमा धेरै भार परेको कारण सर्भरमा समस्या भएर लगानीकर्ताहरुले सास्ती खेप्नु परेको थियो।
यसघि आइपियोको नतिजा सार्बजनिक गर्नको लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सब डोमेन संचालनमा ल्याएको थियो। शेयर बजारमा धेरैको आकर्षण बढ्न थालेपछि मेरो शेयरमा समस्या हुन लागेर दोस्रो बजारमा कारोबार गर्ने हरु क्लोजआउटमा परेर चर्को फाइन तिर्न परेको गुनासो बारम्बार आहिरहेको थियो।अब कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपीओ) मा आवेदन सहज ढंगले दिन मिल्ने गरी सीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले नया वेबसाइट बनाउने भएको हो ।
आजभोली बजारमा धेरै नयाँ कम्पनीका आइपीओ निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउन सिस्टम भेन्डर कम्पनी एफवान सफ्टसँग छलफल भइरहेको पूर्णप्रसाद आचार्यले जानकारी दिएका हुन् ।
यसरि दिनुहोस सिंगटी हाइड्रोको IPO मा आवेदन ,जसले गर्दा तपाइको आइपियो रिजेक्ट हुदैन।
आज भोलि आइपियोमा लगानीकर्ताको चासो बढे पनि सहि तरिकाले आवेदन दिन नजानेर धेरैको IPO रद्ध हुने गर्दछ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आइपियो निस्कासन गरेको बेला हामि तपाइलाइ सहि तरिकाले आइपियोमा आवेदन दिने तरिका सिकाउदै छौ। सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।
आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बात भर्ना एप् ओपन पर्ने हुन्छ । त्यसपछी तपाइले आफुले (DMAT )दिम्यात बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।
बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएसी माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।
currnet issue मा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस। त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।
आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस। अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाइलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाइको खातामै रहने छ।याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।














