×
Lagani
Lagani Shiksha gif
फेरी अर्को कम्पनीले करिब ३७ करोड बराबरको आइपियो निस्कासन गर्ने



आज भोलि बजारमा  लगानीकर्ता माझ आइपियो चर्चाको बिषय बनेको छ।

बलेफी हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपियो निस्कासन गर्नको लागि अनुमति मागेको छ । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपी निस्कासन गर्न अनुमति मागेको हो । कम्पनीले ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

Lagani Shiksha gif
sharehubapk फेरी अर्को कम्पनीले करिब ३७ करोड बराबरको आइपियो निस्कासन गर्ने

उक्त आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । २०१९ को जुलाईमा इक्रा नेपालले गरेको रेटिङ अनुसार उक्त आइपीओले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ पाएको छ ।

हाल कम्पनिको चुक्ता पुँजी १ अर्ब ४६ करोड २० लाख रुपैयाँ छ । आइपीओ जारीपछि पुँजी १ अर्ब ८२ करोड ८० लाख पुग्नेछ ।

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

यो पनि पढ्नुहोस : 

रासस। नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ ।आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ ।

सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोत्रपमा रु १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा रु १९ अर्ब ७२ करोड लगानी गरेको छ । कोषको अधिकृत पूँजी रु आठ अर्ब, जारी पूँजी रु आठ अर्ब र चुक्त पूँजी रु तीन अर्ब रहेको छ ।

कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ । मुलुकको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकास कोष सञ्चालन तथा व्यवस्थापन गर्ने, सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्य गरिरहेको छ । कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकाङ्क योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

कोष स्थापनाको ३१ औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउने गरी काम गर्न निर्देशन दिनुभयो । पूर्वाधार विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई विस्तार गरेर आर्थिक पुनःउत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले कोषले सञ्चालनमा ल्याएका योजनालाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी जोखिम विश्लेषणका आधारमा लगानी गर्दै आएको बताउनुभयो ।

बचत सङ्कलनको दायरालाई फराकिलो बनाउन नागरिक पेन्सन योजना शुरु गरिएको जानकारी दिँदै उहाँले यसबाट बचतकर्ताले सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट जीवनको उत्तरार्धमा सहायता पाउने अपेक्षा गर्नुभयो । कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी र २० वर्षभन्दा बढी अविछिन्न सेवा गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस