×
Lagani
Lagani Shiksha gif
कहा पुग्यो सर्वोत्तम सिमेन्टको आइपियो निस्कासन प्रक्रिया ?



बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तथा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्रि प्रबन्धक चयन गरेको हो ।

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ । सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५०  तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।

Lagani Shiksha gif
sharehubapk कहा पुग्यो सर्वोत्तम सिमेन्टको आइपियो निस्कासन प्रक्रिया ?

कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रहेको छ, जस मध्ये चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ ।कम्पनीको उक्त साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

कम्पनीकाे माघ ६ गते, मंगलबार सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा सम्पन्न भएकाे दाेश्राे वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

बुक विल्डिङ विधिको ज्ञान नभएर आम सर्बसाधारणमा सर्वोत्तम सिमेन्टको शेयर मूल्य ७५० महँगो भयो भन्ने बुझाइ रहेको छ तर सर्बसाधारणलाइ ७५० मूल्य भने तोकिएको छैन।  बुक विल्डिङ विधिबाट आइपियो जारी गर्ने भएकाले सुरुमा संस्थागत लगानीकर्ताले ७५० को २० कम र बढीमा बोलकबोल गर्ने छन्।  यदि  सबैभन्दा कम २० प्रतिसत कममा बोलकबोल गरे भने मूल्य ६०० हुने छ।  उक्त मुल्यमा १० प्रतिसत घटाएर ५४० मा आम सर्बसाधारणलाइ बिक्रि गरिने छ।तर आम सर्बसाधारणलाइ बिक्रि गरिने वास्तविक मूल्य भने अझै निर्धारण भएको छैन।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५०  तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।

पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक  उत्पादन क्षमता ६० हजार बोरा  रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस