NMFBS 1330 34 NHPC 146 -2 RBCLPO 10350 -400 WNLB 1446 57 HATHY 832 -3 BARUN 235 3.1 DLBS 1326 106 CYCL 1597 72 SSHL 163 -0.8 JSLBB 1460 90 NHDL 464 11.8 MKCL 894 29.1 MHL 400 0 BNT 12810 -190 ICFC 511 -2.2 KSY 8.03 -0.08 NICL 826 -14.9 HEIP 355 9 CITY 588.3 -11.7 SADBL 318.2 -6.9 SIFC 417 -1 TRH 726.2 -3.8 NICAD8283 1125 -19 ULHC 326 -4 LBLD88 999 -1 NGPL 301.8 -1.2 HHL 354 5.1 NIL 790 -5.1 GBILD86/87 985 4 SPDL 235.5 -3.5 BHL 318.5 -6.5 ALICLP 312 0 USHL 462.1 -7.9 API 170.2 -2.4 UNHPL 219.2 -0.9 SBI 279 -0.1 CLI 458 -4.9 MEN 543.9 -0.9 MHCL 382 -7 ILI 538.2 -2.7
×
शुक्रबार खुल्दै ४३ करोडको आईपीओ, कति दिने आवेदन ?



शुक्रवार सिंगटी हाइड्रोले आईपीओ जारी गर्दैछ । सिंगटी हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । कम्पनीले चैत ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेको थियो ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको शेयरलाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस