×
ज्योति लाइफपछि निस्कासन हुने आइपियो , कुन , कहिले र कति कित्ता आवेदन दिने ?



पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो  को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

IPO Singati Hydro Energy Limited Public FH11 Final page 001 scaled ज्योति लाइफपछि निस्कासन हुने आइपियो , कुन , कहिले र कति कित्ता आवेदन दिने ?

 

यो पनि पढ्नुहोस :

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक /सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने  भएको छ।संस्थाले संस्थापक शेयर तर्क ३,३६८ कित्ता र सर्बसाधारण शेयर अर्फा ९,०७४ कित्ता गरि कुल नबिकेको १२,४४२ कित्ता शेयर लिलाम गर्न लागेको हो। संस्थाले शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति २०७७/११/२८ गते तोकेको छ भने शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०७७/१२/१३ गते अपरान्ह १:०० बजेसम्म तोकेको छ। आवेदन दिदा लगानीकर्ताले न्यूनतम प्रतिकित्ता रु १०० मा आवेदन दिन सक्ने छन्।

हकप्रद शेयर मिति २०७२/०८/२५ गते देखि २०७२/०९/३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ ३,३६८ कित्ता तथा सर्वसाधारण समूहतर्फ ९,०७४ कित्ताको लागि आवेदन नपरेकाले प्रचलित नियम कानून तथा नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्राप्त “घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ तथा घितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन नं. १५ मा उल्लेखित प्रावधानको अघिनमा रही उक्त शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न यस लघुक्त्ति वित्तीय संस्थाको संचालक समितिको निर्णयानुसार सर्वसाधारण समूहको शेयर खरीद गर्ने हकमा इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले तथा संस्थापक समूहको शेयर खरीद गर्ने हकमा यस कम्पनीको प्रबन्धपत्रको दफा ७ मा भएको व्यवस्था बमोजिम संस्थापक समूह “क” को उपसमूह अन्तर्गतको इच्छुक संस्थापक साना किसान सहकारी संस्थाहरूले मिति २०७७ सास चैत्र १३ गते अपरान्ह १:०० बजेभित्र संकलन केन्द्रहरुमा आइपुग्ने गरी प्रति कित्ता कै कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुहन अनुरोधगरेको छ ।

बोलपत्र आवेदन फाराम लिन र बुझाउन संस्थाले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौं , साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालयहरु : बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौँडा, बुटवल, गजुरी, पोखरा, बीरेन्द्रनगर र बर्दिबास तोकेको छ।

उक्त शेयरमा आवेदन दिन बोलपत्र आवेदन फाराम संकलन केन्द्रहरुबाट रु. १०० नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । छाप नलगाएको आवेदन फारामलाई अयोग्य ठहराई बाडफाडमा समावेश गरिने छैन । शेयरको न्यूनतम मूल्य प्रति शेयर रु. १०० तोकिएको हुदा सो वा सो भन्दा बढी मूल्यअंकित गरी बोलकबोल गर्नुपर्ने छ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनसक्नेछ ।
लगानी व्यवस्थापकले आफ्ना ग्राहकहरुको नामबाट आवेदन गर्दा आफ्नो आधिकारीक पत्र मार्फत तोकिए अनुरुपको सूची बनाई सम्पूर्ण आवेदकहरुको लागि गरिने लगानी रकम लगानी व्यवस्थापकले एउटा चेक मार्फत पेश गर्न सक्नेछ । कबोल गर्ने दर दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंकर अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन ।

बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं. तथा आफ्नो हितग्राही खाता नं. लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ । अंकको भागाले आवेदन गर्नुपर्ने भएता पनि संस्थापक समूहको हकमा अधितकम आवेदन गर्ने आवेदकले पूर्ण ३,३६८ कित्ता र सर्वसाधारण समूहको हकमा पूर्ण ९,०७४ कित्ताका लागि आवेदन दिन सकिनेछ । हाल कायम रहेको शेयर र आवेदन गरेको शेयर समेत गरी नेपाल राष्ट्र बैंकले तोकेको अधिकत्तम सिमासम्म मात्र आवेदन दिन सकिनेछ । रु.५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र रु. ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

सम्बन्धित :

सपोर्ट लघुबित्तले बोलायो छैठौं वार्षिक साधारणसभा , के छन् मुख्य एजेन्डा

लगानीको अवसर : आजदेखि सनराइज ब्लूचिप फण्डमा आवेदन दिन सकिने

वाइवाइको आइपियो बारे बोले विनोद चौधरी , भन्छन त्यो दिन टाढा छैन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस