गुडविल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।
कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव १ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको बताएको छ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
साथै पुस १५ पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी गराएको छ । हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।
साथै कम्पनीको बोनोस शेयर अबदेखि कारोबार गर्ने मिल्ने भएको छ। कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यस्तो छ सूचना 










