नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १. ४६ अंकले घटेर २७००. ६५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५३ कम्पनिका ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ मा कारोबार भएको थियो । आज फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल बैंक डिभेन्चरको शेयर ३.८७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको ३७ करोड ४४ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३० करोड ५१ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















