×
Lagani
Lagani Shiksha gif
विश्व इतिहासकै सर्वाधिक ठूलो ऊर्जा सुरक्षा सङ्कट



विश्व समुदाय अहिले ऊर्जा सुरक्षाको इतिहासकै सबैभन्दा गम्भीर सङ्कटतर्फ उन्मुख भएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायका कार्यकारी निर्देशक फतिह बिरोलले विश्वले “ऊर्जा सुरक्षामा अहिलेसम्मकै सबैभन्दा ठूलो खतरा” सामना गरिरहेको बताएका छन्। राेयटर्सका अनुसार उनले ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले विश्वव्यापी मागमा कमी ल्याउन सक्ने बताएका छन्। “मूल्य वृद्धि भएपछि मागमा दबाब पर्छ, साथै कतिपय अवस्थामा सरकारले लिएका वा लिन सक्ने नीतिगत उपायहरूले पनि यसको प्रभाव देखिन्छ,” उनले भने।

Lagani Shiksha gif
sharehubapk विश्व इतिहासकै सर्वाधिक ठूलो ऊर्जा सुरक्षा सङ्कट

उनका अनुसार हालसम्म विश्वले दैनिक करिब १ करोड ३० लाख ब्यारेल तेल आपूर्ति गुमाइसकेको छ। इरानसँग सम्बन्धित युद्धका कारण विश्व बजारमा करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने जलमार्ग स्ट्रेट अफ हर्मुज अवरुद्ध हुँदा ऊर्जा बजारमा थप दबाब परेको छ।

विज्ञहरूका अनुसार उक्त मार्ग तत्कालै सञ्चालनमा आए पनि आपूर्ति अवस्था सामान्य हुन केही समय लाग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस