×
Lagani
Lagani Shiksha gif
भीम रावलको पर्चा दिएर षडयन्त्र गरियो, ओलीप्रतिको मेरो दृढता कसैले तोड्न सक्दैन : कोमल वली



नेकपा एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा धमाएर आफूलाई बदनाम गर्ने षडयन्त्र भएको गुनासो गरेको छिन् ।

अध्यक्षका प्रत्याशी डा. भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक समातेको तस्बिरसहित कोमल रावलको प्रचारमा हिँडेको चर्चा चलेको थियो । आफू भीम रावलको चुनावी प्रचारमा हिँडेको चर्चा चलेपछि कोमलले खण्डन गरेकी हुन् ।

Lagani Shiksha gif
sharehubapk भीम रावलको पर्चा दिएर षडयन्त्र गरियो, ओलीप्रतिको मेरो दृढता कसैले तोड्न सक्दैन : कोमल वली

उनले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ रहेको पनि बताएकी छन् । ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष के पी ओलीज्यू प्रतिको अभेद्धे दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन,’ उनले भनेकी छन् । वलीले फोहोरी खेल नखेल्न अनुरोध पनि गरेकी छन् ।

‘हिँड्दा हिँड्दै पर्चादिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस