×
Lagani
Lagani Shiksha gif
अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । 

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको १२ किमी सडक पुर्णरुपमा बगेको जानकारी दिएको छ । मन्त्रालयले अहिले दुवै तर्फको पहिरो सफा गर्ने काम गरिरहेको र रोशी नदीको पानीको बहावलाई मध्यनजर गरेर सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात संचालन गर्ने जानकारी दिएको छ ।

त्यसैगरी पुष्पलाल राजमार्गको ८० किलोमिटर खण्डमा धेरै ठाउमा पहिरो गरेर  सडक समेत बगाएको अवस्था रहेकोले सडक मर्मत गरेर बर्दिबासबाट विपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदै काठमाडौँ प्रवेश गराउने मन्त्रालयले बताएको छ ।    

त्यस्तै कान्ति राजपथको १३ किमी सडक अवरुद्ध रहेकोमा मकवानपुर र ललितपुर दुवै तर्फ पहिरो सफा गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।  त्यस्तै मेची राजमार्गको रमिते-फिदिम खण्डको हेवा पुलसहित ८ किलोमिटर सडक अवरुद्ध भएको जानकारी दिदै मन्त्रालयले रमिते डाँडाको पहिरो  हटाउने काम गरिरहेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जानकारी दिदै ७७४ स्थानको पहिरो हटाइएको जानकारी दिएको छ ।

मन्त्रालयले बाढी पहिरोले सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस