×
Nepse Bajar Messenger Channel
Lagani Shiksha gif
शुक्रबार सुन सस्तियो, चाँदीको भाउ भने उकालो



काठमाडौं, ०८ जेठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ उकालो लागेको छ। अघिल्लो दिन उच्च वृद्धि भएको सुन यसदिन भने केही सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यही सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको देखिन्छ।

उता, चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ५ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारतर्फ सुनको कारोबार प्रतिऔंस ४ हजार ५ सय २७ अमेरिकी डलर हाराहारीमा भइरहेको बताइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस