×
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर



जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय पुस २५ गते निर्धारण हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जस अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।

Screenshot 2023 12 29 191553 1 बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Dambaru Prasad Niraula
Guest
Dambaru Prasad Niraula
December 30, 2023 8:19 pm

सहमति ले गरेको तर पछि उनले मुद्दा हालेको अनि फसाउन मिल्छ र? देसको तारा लाइ किन फसाउन खोजेको???



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस