×
बालकृष्ण खाँणको मोबाइल फरम्याट , डाटा रिकभरीका लागि पठाईयो प्रयोगशालामा।



नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाईएको छ ।

प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे पछि पुर्व मन्त्री खाँडकाे पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौं ।’

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्विकार गरेका छन । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग वयान लिइदैछ ।

जिल्ला अदालत काठमाडौंले खाँणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीकाे रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस