मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो। गत साउनमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको यस कम्पनीले चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजारको आधारमा पहिलो पटक लाभांश वितरण गरेको हो ।
कम्पनीले शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खाता नगद लाभांश जम्मा गर्न शुरु गरेको हुदा आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न अनिरोध गरेको छ। साथै आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिकपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम कम्पनीका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।













