×
Lagani
Lagani Shiksha gif
विमानमा ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन।



विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

Lagani Shiksha gif

बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दु:ख ब्यक्त गरिएको छ । कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ । उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारप्रति धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भन्दै ज्यान गुमाउनुमा सरकार पक्षलाई आरोप लगाउँदै आक्रोश ब्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले अल्पायुमा नै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली ब्यक्त गरे ।

आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६८ जनाको मृत्यु भएको र बाँकी ४ जनाको खोजी भैरहेको बताइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस