×
साहस उर्जा र तेह्रथुम पावरको कतिमा भयो कारोबार?



आज साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको पहिलो कारोबार भएको छ।

साहस उर्जाको शेयर प्रतिकित्ता ४०५ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको  थियो भने हाल १० प्रतिसत आर्थत ४०.५० अंकले बढेर ४४५.८० पुगेको छ।  दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँ ओपन रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।

Screenshot 2021 10 31 120107 साहस उर्जा र तेह्रथुम पावरको कतिमा भयो कारोबार?

तेह्रथुम पावरको २५४ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको छ भने हाल कुनै कारोबार भएको छैन।नेप्सेका अनुसार दोस्रो बजारमा कारोबारका लागि ८४ दशमलव ७४ रुपैयाँदेखि दुई सय ५४ दशमलव २२ ओपन रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

Screenshot 2021 10 31 120015 साहस उर्जा र तेह्रथुम पावरको कतिमा भयो कारोबार?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस