×
Lagani
Lagani Shiksha gif
एफपीओ निष्कासन गर्दै मिर्मिरे लघुवित्त।



मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ।

संस्थाले बुद्ध ज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले बुद्ध ज्योती लघुवित्तलाई १ बराबर शून्य दशमलव ७६ को अनुपातमा गाभेको हो।

Lagani Shiksha gif
sharehubapk एफपीओ निष्कासन गर्दै मिर्मिरे लघुवित्त।

स्वाप रेसियो निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापूँजी रू. ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ पुगेको हुदा प्रिमियममा एफपीओ निष्कासन गर्ने कम्पनीले तयारि गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व प्रतिशत ७० : ३० कायम गर्ने प्रयोजनको लागि एफपीओ जारी गर्न लागिएको कम्पनीले बताएको छ ।

कम्पनीको अधिकृत पूँजी रू.६० करोड रहेको छ । एफपीओ जारी गर्दा प्रिमियमसहित जारी गर्न पाउने भए पनि कम्पनीले कति रुपैयाँमा सेयर बिक्री गर्ने भन्ने कुरा खुलाइसकेको छैन।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस