साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ ।
असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गर्ने भएको हो । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट हुनेछ ।
शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ । यो आइपियोमा सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरैआवेदन परेको छ जसले गर्दा जम्मा ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाकिको हात खालि रहने छ।
उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
नतिजा सार्बजनिक भएपछी यहाँ बाट हेर्न सक्नु हुने छ।









