×
नेप्सेका सीईओमा कार्की नियुक्त



नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियूक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई सीईओमा नियूक्त गरेको हो । माघ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियूक्त गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका थिए । कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छनोटमा परेका थिए । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको थियो ।

श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए ।नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्वविहिन अवस्थामा थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस