×
अघिल्लो साता १६५.२८ अंकले बढेको नेप्से यो साता के होला ?



पुस महीनाको अन्तिम साता धितोपत्र दोस्रो बजारमा रू. ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार बराबरको ६ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता शेयर खरिद विक्री भएको छ ।

यो साता गत साताभन्दा रू. १४ अर्ब ३७ करोड ४० लाख ३१ हजार बराबरको २ करोड ७९ लाख २६ हजार १६ कित्ता शेयर बढी खरीदविक्री भएको हो । गत साता रू. २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरको ४ करोड १३ लाख ७२ हजार ५५६ कित्ता शेयर खरीदविक्री भएको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै जानु, ब्याजदर नबढ्नु जस्ता कारणले बजारमा लगानी बढेको देखिन्छ । साथै कोरोना जोखिम बढ्दै जादा निरन्तर घटेको बजार पुनः उकालो लाग्ने अपेक्षाका साथ यो क्षेत्रमा लगानी गर्ने हरुको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् ।

यो साता पाँच कारोबार दिनमा एक दिन मात्र घटेको बजार १६५ दशमलव २८ अंक माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६९२ दशमलव ४७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८५७ दशमलव ७५ विन्दुमा पुगेको हो । साताको पहिलो दिन ७३ दशमलव शून्य १ अंकले, दोस्रो दिन १९ दशमलव ४३ अंकले र तेस्रो दिन ४९ दशमलव १९ अंकले बजार बढेको थियो । चौथो दिन ३० दशमलव ५१ अंकले करेक्सन आएको बजार पाँचौ दिन पुनः ५४ दशमलव १२ अंकले बढेर बन्द भएको हो ।

लामो समयदेखि बजार सञ्चालक र नियामक निकायमा रित्त रहेको नेतृत्व पद पूर्तिको अन्तिम चरणमा रहनुलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमा हेरेका छन् । यस अघिका नेतृत्वहरुले पद त्याग गर्नुपरेको अवस्थालाई हेर्दा पनि आगामी दिनमा आउँने प्रतिनिधिले जिम्मेवारीपूर्वक काम गर्नेमा लगानीकर्ताहरु आशावादी देखिन्छन् ।

नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २४ दशमलव ६७ अंकले बढेको छ । गत साता ५०६ दशमलव १६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव ८३ विन्दुमा पुगेको हो ।

बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्यमा पनि रू. २ खर्ब ३३ अर्ब ८७ करोडभन्दा बढीको वृद्धि देखिएको छ । गत साता रू. ३९ खर्ब ३ अर्ब ३४ करोड ६२ लाख रहेको कुल बजार पू्ँजीकरण यो साता रू. ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख पुगेको छ ।

यो साताको बजारका सूचकहरुको अवस्था

यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए :

यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । बजार १६५ दशमलव २८ अंकले बढ्दा वित्त समूहको परिसूचक सर्वाधिक १६ दशमलव ९४ प्रतिशत बढेको हो ।

यो साता वित्त समूहसँगै सबै समूहगत परिसूचकहरु बढेको छन् । यो साता लगानी समूहको १४ दशमलव ५८ प्रतिशत, जलविद्युतको १३ दशमलव ६१ प्रतिशत, व्यापारिक समूह १३ दशमलव २१ प्रतिशत, विकास बैंक १० दशमलव ४८ प्रतिशत,जीवन बीमा समूह ८ दशमलव ५६ प्रतिशत, लघुवित्त ७ दशमलव ७२ प्रतिशत, निर्जीवन बीमा ७ दशमलव ६५ प्रतिशत, अन्य ६ दशमलव ५३ प्रतिशत, म्युचुअल फण्ड ४ दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधन २ दशमलव ७३ प्रतिशत, होटल्स तथा पर्यटन १ दशमलव २५ प्रतिशत र बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत बढेको हो । यो साता बैंकिङ समूहको परिसूचक सबैभन्दा कम प्रतिशत बढेको हो ।

धितोपत्र बजारमा सबैभन्दा बढी लगानी सुरक्षित ठानिने वाणिज्य बैंक समूहमा बजारले ऐतिहासि रेकर्ड कायम गर्दासमेत लगानीकर्ताहरुको आकर्षण कम देखिएको छ । बजारलाई साना पूँजी भएका कम्पनीहरुको शेयर कारोबारलेनै अघि बढाएको देखिन्छ । यी कुराहरुलाई हेर्दा दिर्घकालिन लगानीकर्ताहरु भन्दा अल्पकालिन लगानीकर्ताहरुको हाबी दोस्रो बजारमा बढी देखिएको पुष्टि हुन्छ ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस