SPC 520 5 MERO 760 0.5 LBBL 475 -4.8 GFCL 1051.1 6 SGHC 393.6 0.1 SNMAPO 190 0 USHL 783.2 -13.7 NFS 1350 -43 SFEF 9.29 0.22 MANDU 885 -14 SGIC 641.2 -4.8 PSF 9.51 -0.09 LUK 9.21 -0.09 BGWT 934.9 -21.1 SAPDBL 569.6 -7.4 NIBSF2 8.9 0.08 SALICO 747 -9.1 DLBS 1374 30 RBCLPO 12300 88 KDL 1059 16 GVL 538.5 -22 SMPDA 910 -1 BNT 14350 -50 SCBD 1111 6 SAMAJ 3321.1 1.1 HIDCLP 183 -2 MEN 631.1 -3.9 NSIF2 10.52 0.02 PBLD87 1028 -2 SMH 1064.8 5.9 SJLIC 477 -7.5 NIL 912 8 UMHL 308 -4 HPPL 316.3 -3.6 NRIC 803 -5 GBBLPO 205 0 NUBL 730 2.8 MMKJL 543.6 9.6 CHDC 1684 -35.9 SAEF 11.22 0.17
×
विनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

केन्द्रीयय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन् ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुल्ला मधेशीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन ।

चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफुलाई बिजयी घोषित गर्न डा. यादवले माग गरेका छन् ।कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको निवेदनमा स्मरण गराइएको छ ।

‘मधेसी खु्ला पदमा निर्वाचित भनिएका  विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ, ’ उजुरीमा अगाडि भनिएको छ ।  निर्वाचनमा डा. यादव चौधरीसँग पराजित भएका थिए ।

‘नेपाली कांग्रेसको विधान विपरित निर्वाचित भनिएका विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु,’  यादवले उजुरीमा भनेका छन । यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेस गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस