CHL 353 0.4 SALICO 747 -9.1 SMFBS 1505.2 6.2 SPL 813 -12.1 SMHL 613.1 -4 NADEP 1030 -55 MMF1 8.98 0.1 EBLD86 1040 -2 DOLTI 538 10 MSLB 1564 -70 SAGF 9.31 0.01 KSY 9.22 -0.19 SIGS3 9.45 0.09 C30MF 9.74 0 ALBSL 1040 -4 UNL 48870 -930 KMCDB 1027.8 -11.1 JBLB 1534 -3 SBLD84 1040 19.3 ENL 1102 -18 HPPL 316.3 -3.6 SFEF 9.29 0.22 CYCL 1540 -7 LBLD86 1081 -0.2 SSHL 215 0.8 SPC 520 5 BHDC 583 5.4 ACLBSL 1035 0 SHL 512 -4.5 UPCL 262.2 -2.7 MHNL 265.5 -0.5 HIDCL 270.7 -4.1 NTC 980.1 -2.4 SHEL 242.9 -4.7 GUFL 735 5 SAPDBL 569.6 -7.4 KKHC 260 -2 HLI 472 -4 RURU 740 -9.8 TPC 465 6
×
नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ।

मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।  समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेपाल हाइड्रो डेभलोपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा महालक्ष्मीको सेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको एक हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस