BHL 440 -13 SINDU 667 -6 NMFBS 1435 1 KKHC 260 -2 RHPL 364 -5.2 GBIME 256.1 -4.4 IHL 499 -1 ULHC 390 -7.9 KBSH 2386 -9 PSF 9.51 -0.09 NICGF2 8.78 -0.02 MKCL 1497 -26 SAMAJ 3321.1 1.1 SNMAPO 190 0 TPC 465 6 SIGS2 10.05 0 NICBF 9.3 -0.08 SIKLES 707 -3 LBBL 475 -4.8 UAIL 639 -1 NIFRA 280 -5 RHGCL 388 0 CFCL 647 27.1 UPPER 214.2 -1.8 HDHPC 208.8 -4.1 PFL 652 -1 JBLB 1534 -3 SLCF 9.21 -0.1 UNLB 2527 -3.9 RSDC 735 0 KBL 234 -6.9 NBBD2085 1100 0 NIMB 241.9 -9.1 HURJA 220 -4.6 MCHL 488.3 -3.7 WNLB 2650 -80 JFL 655 6 SDBD87 1035 4 BOKD86 1040 18 MLBSL 2000 -26
×
यी ठाउमा बिदाका दिन पनि मतदाता नामावली संकलन हुँदै



खोटाङमा सार्वजनिक बिदाका दिनसमेत फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको छ ।

निर्वाचन आयोग र गृहमन्त्रालयको ८ पुसको पत्र अनुसार इलाका प्रशासन कार्यालय ऐसेलुखर्क र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट बिहान, बेलुका र सार्वजनिक बिदाका दिनसमेत फोटो सहितको मतदाता नामावली संकलनको व्यवस्था मिलाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रकुमार राईले बताए ।

शनिबारदेखि दुवै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई इलाका प्रशासन कार्यालयबाट १० पुसदेखि १९ फुसम्म कार्यालय समय र कार्यालय बाहिरको समयमा पनि फोटोसहितको मतदाता नामावली दर्ता गराउन सक्ने निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए ।

हालसम्म इलाका प्रशासन कार्यालय खोटाङबजार र जिल्ला प्रशासन कार्यालयबाट नियमित रूपमा मतदाता नामावली दर्ताको काम हुँदै आएकोमा निर्वाचन आयोग र गृहमन्त्रालयको पत्र अनुसार इलाका प्रशासन कार्यालय ऐसेलुखर्कबाट पनि मतदाता नामावली संकलन सुरु गरिएको हो ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको थियो । मतदाता नामावली संकलन अभियानमा मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिले इलाका प्रशासन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने  निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए ।

धेरैजसो स्थानीय तहले सम्बन्धित स्थानीय तहको केन्द्रमा शिविर सञ्चालन गरेर फोटो सहितको मतदाता नामावली संकलन गर्दा केन्द्रभन्दा टाढाका सर्वसाधारण एक दिनदेखि तीन दिनसम्म हिँड्नु परेको मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस