MHL 725 3.5 NICGF2 8.78 -0.02 SHEL 242.9 -4.7 BHPL 655.1 -12.7 NICLBSL 705.5 -7.5 NICSF 9.5 0.25 UAIL 639 -1 ICFC 823.9 74.9 SFCL 704.1 63.6 NICD83/84 1062 -19 PSF 9.51 -0.09 SFMF 10.2 -0.2 NICD88 1032 -21 UNL 48870 -930 HHL 439 -3.2 FOWAD 1479 0 CKHL 632 -8 DORDI 429 -3.3 NIMB 241.9 -9.1 NMLBBL 769 -11 SHLB 1886.9 1.9 CMF2 9.21 -0.1 SPIL 853 -18 PRSF 9.54 -0.11 FMDBL 758 -0.1 CHCL 568.9 -8.1 AKJCL 209 -3 PPCL 262 -5.2 UMHL 308 -4 SAEF 11.22 0.17 SHPC 525 -3.9 PHCL 465.1 -9.9 MBJC 321 -8 SLBBL 958.9 -4.2 PRVU 248 -10 LLBS 1050 5 MDB 630 -3.8 NMB50 10.3 0.05 PMHPL 260 -4 NRIC 803 -5
×
मध्य भोटेकोशीको शेयर आजदेखि दोस्रो बजारमा कारोबार हुने , ओपनिङ्ग रेञ्ज कति ?



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर आजदेखि कारोबारमा आउने भएको छ   ।

नेप्सेमा सूचीकरण भएसंगै आजदेखि दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज कानिर्धारण गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि. र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. संस्थापक शेयरधनी रहेका छन्।

आयोजना सचांलन तथा सम्भार खर्च आ. व. २०७७/०७८ मा विद्युत बिक्रीको ५% रहने र तत्पश्चात उक्त अनुपातमा हरेक वर्ष ५% ले बृद्घि हुने अनुमान गरिएको छ । विद्युत ऐन २०४९ अनुसार नाफाबाट २% कर्मचारी बोनश व्यवस्था गरिएको छ । कम्पनीले आयोजना निर्माणको निमित्त त्रिपक्षिय ऋण सम्झौता (पूरक ऋण सम्झौता सहित) बमोजिम कर्मचारी संचय कोषसँग रु.८८८.८६४ करोड ऋण लिई आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । कर्मचारी संचय कोषसँग लिएको रु.८८८.८६४ करोड ऋण र रु.६०० करोड शेयर पूँजी जारी समेत गरी आयोजना निर्माणको क्रममा हुन सक्ने अपुग रकम विभिन्न भुक्तानी व्यवस्थापन  र आन्तरीक प्रतिफलबाट व्यवस्थापन गर्ने योजना रहेको छ ।

आयोजनाको लागत प्रति मेगावाट (निर्माण अवधिको पूजींकृत व्याज समेत) रु.१६.६४ करोड रहने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद – बिक्री सम्झौता अनुसार व्यापारीक उत्पादन सुरु भए पश्चात विद्युत बिक्रीबाट प्राप्त हुने रकममा वर्षको अन्तिम महिनाको बिल रकम बक्यौताको रुपमा रहने गरी प्रक्षेपण गरिएको छ । व्यापारीक उत्पादन सुरु भएको १५ वर्षसम्म नेपाल सरकारलाई तिर्नु पर्ने जडित क्षमताको रोयल्टीे दर प्रति किलोवाट रु.२००  र विद्युत बिक्रिबाट हुने आम्दानीको रोयल्टी दर २% हुने गरी वित्तिय विवरणमा प्रक्षेपण गरिएको छ ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो । कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस