×
Lagani
Lagani Shiksha gif
मोबाइलको कभर र सिसा फेर्दा पर्यो १० लाखको सरकारी चिट्ठा !



करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जित्नुभएको छ।

आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो । साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागी मध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरि १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसै मध्येका बम्पर उपहार पुडासैनीले जित्नुभएको हो । उहाँले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँकाे कारोबार बम्पर उपहारमा छानिएकाे हो । उहाँ नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत हुनुहुन्छ।
अर्थ मन्त्रालयसँग कुरा गर्दै उहाँले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताउनुभयो ।

Lagani Shiksha gif
sharehubapk मोबाइलको कभर र सिसा फेर्दा पर्यो १० लाखको सरकारी चिट्ठा !

मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छु । “मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,” उहाँले भन्नुभयो, “त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।” उहाँले सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस