×
Lagani
Lagani Shiksha gif
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो



चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ९८ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

Lagani Shiksha gif
sharehubapk ११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ९५ करोड डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो वृद्धि १२.८ प्रतिशत रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

यसैबीच, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २११ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७३५ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस