×
Lagani
Lagani Shiksha gif
गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो



काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्तर्गत रहेको २ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री प्रक्रिया अघि बढाइएको भए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।

संस्थाले ३५ दिने सूचना प्रकाशित गर्दै हालका संस्थापक सेयरधनीलाई उक्त सेयर खरिद गर्ने अवसर दिएको थियो। तर, निर्धारित समयभित्र कुनै पनि संस्थापक सेयरधनीबाट खरिद आवेदन नआएपछि प्रचलित व्यवस्थाअनुसार अब इच्छुक सर्वसाधारणलाई समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको जनाएको छ।

Lagani Shiksha gif
sharehubapk गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् साउन ४ गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ। आवेदन बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा पुग्ने गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

कम्पनीले निर्धारित समयसीमाभित्र प्राप्त आवेदनका आधारमा सेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ। संस्थापक समूहको सेयर खरिद गर्न चाहने लगानीकर्ताका लागि यो सीमित अवधिको अवसर भएकाले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस