×
Lagani
Lagani Shiksha gif
कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ महाराज’



काठमाडौं, ३० असार। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८ महाराज’ को संज्ञा दिएका छन् ।

 

Lagani Shiksha gif
sharehubapk कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ महाराज’

मुलुकमा राज्य आतंक बढेको तर त्यसको जवाफ नदिएको भन्दै उनले जारी प्रतिनिधिसभा बैठकमा उनले बिरोध पनि जनाएका छन। 

 

‘सुरक्षा घेरा भित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढ्दै गएको छ, सरकार निरंकुश बन्दै गएको छ, सायद सत्ता उन्मादले हुनुपर्छ,’ उनले भने, ‘जवाफ दिनु भन्दा पनि सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ।’

मुगुका गणेश नेपालीले रोजेको बाटोबारे चौतर्फी प्रश्न उठेपछि सरकारमाथि प्रश्न गर्दा ‘प्रश्न सोध्ने तँ को होस् ?’ भन्ने शैलीमा राज्य आतंक सिर्जना गर्ने काम भएको उनको आरोप छ । 

 

उनले सुरक्षाघेरा भित्रका एक गैरकानुनी व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई थर्काउने काम गरिरहेको जनाउँदै होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने उनको माग रहेको छ ।

 

हिरण्यकशपले पनि कुनै बेला राज्य मै हुँ भन्ने शैलीमा प्रधानमन्त्रीले 'श्री ८ महाराज' शैलीमा काम गरेकाे उनले जिकिर गरेका छन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस