×
Lagani
Lagani Shiksha gif
दुई महिनाभित्र हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुने



लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको छ। उद्योग पुनः सञ्चालनका लागि गठित अध्ययन कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। त्यसका लागि अर्थ मन्त्रालयले ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। सेनाको प्राविधिक टोलीले उद्योगमा रहेका मेसिनको मर्मत, सरसफाइ तथा परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदको काम पनि सुरु गरिसकेको छ।

Lagani Shiksha gif
sharehubapk दुई महिनाभित्र हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुने

उद्योगको भौतिक संरचना मर्मतका लागि ५० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ भने विद्युत् प्रणाली मर्मतको काम पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।

सरकारले प्रारम्भमा पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाउने योजना बनाएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै तोकिएको समयभित्र परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस