×
Lagani
Lagani Shiksha gif
सुचना टाँस गरेर २ बजेका लागि सारियो प्रतिनिधिसभा बैठक



काठमाडौ, २७ जेठ । । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

 

Lagani Shiksha gif

बिहान ११ः०० बजेका लागि बोलाएको प्रतिनिधिसभा सञ्चालनमा सहमति हुन नसके पछि सुचना टाँस गरेर २ः०० बजेका लागि बोलाइएको हो ।  

 

सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल जारी रहेको बेला संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो। दोस्रो पटक सुचना टाँस गरेर सदन बैठक सारिएको हो ।

 

प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भुमी मिचेको छ’ भन्दै संसदमा दिएको अभिब्यक्ति सच्चाउनु पर्ने तथा माफी माग्नु पर्ने अडान राखेर सदन चल्न दिइरहेका छैनन । संसद सुचारू गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रतिपक्षी दलसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस