×
Lagani
Lagani Shiksha gif
मञ्जुश्री फाइनान्सको ८.३९ लाख संस्थापक सेयर बिक्रीमा



काठमाडौं, २७ जेठ । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। विभिन्न सात जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले ती सेयर बिक्रीका लागि सूचना जारी गरेको हो।

कम्पनीका अनुसार सञ्चालक समितिको निर्णयबमोजिम उक्त सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिदका लागि उपलब्ध गराइएको छ। प्रचलित व्यवस्था अनुसार संस्थापक सेयर खरिदमा हाल कायम रहेका संस्थापक सेयरधनीलाई प्राथमिक अधिकार प्रदान गरिएको हो।

Lagani Shiksha gif

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा आवेदन बुझाउनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ।

मञ्जुश्री फाइनान्सले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।

कम्पनीले सेयर खरिदमा रुचि भएका संस्थापक सेयरधनीलाई निर्धारित समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस