अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटी सच्याइएको स्पष्ट गरेका छन् ।
बुधबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा ५-६ वटा कुरा सच्याएको र सांसद्लाई विधेयकसँगै जानकारी गराइएको स्पष्ट गरेका हुन् ।
उनले अर्थमन्त्रीलाई बदनाम गराउन संगठित गिरोह लागेको दाबी गर्दै सवारी साधन नियमित प्रक्रियामा आएकाले कर छलेको भनेर बीवाईडी भनेर गलत प्रचार भइरहेको गुनासो गरे ।
आर्थिक विधेयक सच्याइएको विषय सांसदलाई नै दिएको बताउँदै आफू र आफ्नो टिमबाट सूचना चुहावट नभएको दाबि गरेका छन् । उनले आफूमाथि लागेको आरोप प्रथम दृष्टिमै खण्डित रहेको बताउदै आर्थिक विधेयक र करमा विषयमा प्रकाशन भएका विषयप्रति अर्थमन्त्री डा. वाग्ले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन् ।
अर्थमन्त्री वाग्लेआफुले उत्कृष्ट बजेट ल्याएको दाबि गर्दै बदनाम गर्न सकिन्छकी भनेर प्रयास गरिरहेको धारणा राखेका थिए ।















