×
Lagani
Lagani Shiksha gif
रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ ।

मंगलबार हेटौडामा उद्घाटन सत्र भएको अधिवेशनमा आज मतदान शुरु भएपछि विवाद हुदा अधिवेशन स्थगित भएको हो । निर्वाचन मण्डलले अनियमितता गरेको आरोप लगाउदै विरोध शुरु भएपछि अधिवेशन स्थगित भएको बताइएको छ ।

Lagani Shiksha gif

केन्द्रीय निर्वाचन आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ । करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन आयोगले बताएको छ ।

बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस