×
Lagani
Lagani Shiksha gif
नेप्सेमा भारि गिरावट आउदा यी कम्पनीका लगानीकर्ता भने मालामाल



साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारमा पहिरो गएको छ ।

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३६ प्रतिशत अर्थात् ७९ दशमलव २३ अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ९६ लाख ७९ हजार ०७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा भारि गिरावट आउदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.४७ प्रतिशत बढेको छ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७१ दशमलव ९० पुगेको हो ।  त्यस्तै  बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् ।

top gainers 1 नेप्सेमा भारि गिरावट आउदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यो दिन सबैभन्दा बढी वित्त समूहको लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक ६ दशमलव ५१ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।

यो दिन सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६९३ दशमलव ९० मा झरेको हो । त्यस्तै दिव्यश्वरी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, गुडविल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, आइसिएफसि फाइनान्स, मल्टीपर्पस फाइनान्स ,  ग्रिन डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि आरबि हाईड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ ।

top losers 1 नेप्सेमा भारि गिरावट आउदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको १८  करोड ०३ लाख ५९ हजार ३०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर, हिमालयन डिष्टिलरी, मञ्जुश्री फाइनान्स र महालक्ष्मी विकास बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस