साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ६२ प्रतिशत अर्थात् ८८ दशमलव ७० अंकले घटेको छ ।
बिहिबारको तुलनामा नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा पुगेको हो । आज घटेसँगै नेप्से करिब ११ महिनाको न्यून विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १५.१५ अंक घटेर ४५०.०८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ६.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१९ अंक घटेको छ।
यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको ७२ लाख २३ हजार २४० कित्ता शेयर रू. ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१ दशमलव ५७ मा खरीदविक्री भएको छ । आइतबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.४५ प्रतिशत घटेको छ।

बैंकिङ समूहको परिसूचक २ दशमलव ६६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको परिसुचक २ दशमलव ९६ प्रतिशत,विकास बैंक समूहको परिसुचक ६ दशमलव ४१ प्रतिशत,हाइड्रोपावर समूहको ४ दशमलव ५२ प्रतिशत,वित्त समूहको ४ दशमलव ६५ प्रतिशत,निर्जीवन बीमा समूहको ४ दशमलव ५३ प्रतिशतले घटेको छ । १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा नेसनल हाइड्रोपावर र नबिल बैंक परेका छन् ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपालका लगानीकर्ता मालामाल भएका छन् भने नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका शेयरधनीलेसबैभन्दा बढी गुमाएका छन्। आज सबैभन्दा बढी कारोबार मञ्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड ७७ लाख ४० हजार ९४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।त्यस्तै नेशनल हाईड्रोपावर कम्पनी, नबिल बैंक, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, हिमालयन डिस्टिलरी, हाइड्रोएलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ ।
















