×
खल्तीबाट कारोबार गर्दा आइफोन-१३ जित्ने मौका



अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘खल्ती मा आइफोन १३’ अफर सुरू गरेको छ ।

डिसेम्बर ५ देखि १४ जनवरी लागू हुने यस योजना अन्र्तगत एक जना भाग्यशाली ग्राहकलाई  आइफोन १३ प्रदान गरिने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने छ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ ।

जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सकिनेछ । अन्तिममा एक जना भाग्ग्यशाली विजेताले आइफोन १३ प्रदान गरिन कम्पनीले जनाएको छ । साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले एक लाख खल्ती पोइन्ट्स जित्नेछन् ।

यस योजनाको विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नुका लागि आइफोन क्याम्पेन संचालन गरिएको बताए ।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरू भएको ’खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्‍याउँदै आइरहेको छ। खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरू लिन सकिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस