HDHPC 130.8 -1.4 SHIVM 508.2 -4 MMF1 7.12 0.02 LEC 186.5 1.5 PMLI 505.5 -2.5 SMJC 375 -7.5 NICL 818 -5 SFMF 9.65 -0.16 GFCL 451.7 -11.3 MEN 508 -3 BARUN 236.3 -3.8 ANLB 1960 -80 NWCL 741 -7 PMHPL 232 -4.9 TAMOR 385 -3.5 LICN 1323.2 -25.8 GLBSL 1836 -59.4 RBBD83 971 -9.1 NLICL 550 1 MERO 620 -4 PRSF 8.6 -0.09 H8020 8.78 0.17 MLBL 320 1.3 NABIL 433 -2 PBD88 1016 -1 PBLD87 976 -7 RMF2 8.24 -0.04 PROFL 317 -4 SLCF 7.96 0.16 NICSF 9.07 0.13 ULHC 334 -9.7 LSL 150 -0.9 PPCL 245 -9.7 NBLD85 988 8 LVF2 7.86 -0.05 PFL 489.6 -35.4 KLBSL 867 -17.9 SEF 7.87 -0.13 PPL 622.2 -9.8 BBC 3700 -21.6
×
सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा



सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप एक खर्बभन्दा माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७७ असारको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो ।

प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२५ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.८१ रहेको छ ।कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.८२ प्रतिशत र बाजुरा जिल्लाकोअंश सबैभन्दा कम ०.९४ प्रतिशत रहेको छ ।

प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढ्दै वित्तीय साक्षरता र बढ्दो आर्थिक क्रियाकलापका कारण बैंकिङ कारोबार वृद्धि भएको हो ।

२०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४०८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा रहेका छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३४४ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा रहेको प्रतिवेदनले औँल्याएको छ ।

बैंकको कर्जामध्ये सेवा क्षेत्रमै बढी कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६२ प्रतिशतले बढेर ८६ अर्ब २६ करोड पुगेको छ । यसैगरी कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई १२ अर्ब ८ करोड पुगेको छ ।

बैंकको कर्जामध्ये ८६ प्रतिशत सेवा क्षेत्रमा र ९ प्रतिशत कृषिमा प्रवाह भएको अध्ययनमा पाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस