×
Lagani
Lagani Shiksha gif
महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार



राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै  नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।
भिडियो पनि छ ।

Lagani Shiksha gif
sharehubapk महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार

त्यस्तै काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए । उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ ।  महाधिवेशन सुरू भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन । शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस