×
आज बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल



साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ ।

नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । बैंकले आज १४ करोड ३१ लाखभन्दा बढीको कारोबार गरेको छ ।

आज कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१ दशमलव ४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ दशमलव ३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ  पुगेको छ । न्यादि हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ दशमलव ६० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै नोक्सान व्यहोरेका छन् । कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस