×
Lagani
Lagani Shiksha gif
राष्ट्रपति गरे हनुमान ढोका दरबार क्षेत्रकाे अवोलकन (फाेटाेफिचर)



काठमाडौं, १९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन्  ।

 

Lagani Shiksha gif

सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयलगायत क्षेत्रको अवलोकन गरेका हुन् ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका थिए ।

 

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोकलगायतका स्थानको अवलोकन गरे ।

 

सो क्रममा प्रतिनिधिसभा सद्स्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य   काठमाडौं  महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस