संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।
विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया
अतेन्त्यै सराहनीय कार्य !! भन्नेले भन्लान् जाबो तेति काम , तर जाबो भएको भए, अहिलेसम्मका तेत्रा पर्यटन मन्त्रीहरूले किन गरेन ? किनभने यो सानो काममा जश भन्दा अपजश बढी हुन्छ । तर येहि सानो कामले हज्जारौं होईन , लाखौंले सुबिधा पाउँछन्। शायद हिन्दीमा येसैलाई भन्छ, जोड का झट्का धिरे से।