NICAD8283 1169.8 86.8 SPIL 853 -18 BOKD86 1040 18 MHNL 265.5 -0.5 CIT 2195 0 SHPC 525 -3.9 RHGCL 388 0 SADBL 419 -1 NSIF2 10.52 0.02 SJCL 326 -3.7 MEHL 380.1 -19.9 GBBL 447 -6 KBSH 2386 -9 BHL 440 -13 NYADI 305.4 -6.6 HATHY 1322 13 VLBS 902.5 -7.5 SHIVM 599 -8 MLBL 398 -6.9 NIBLSTF 8.68 0 CYCL 1540 -7 KBLD89 1156 1 NBLD85 1025 0 ALICL 714.5 -1.2 ADBL 367 -11.1 MHCL 410 -7 GILB 1268.4 4.4 SWBBL 1065 2.1 SICL 832 0 GMFIL 623 1 MFLD85 1050 -20 CORBL 958.8 -10.2 ICFC 823.9 74.9 NHPC 220.1 0 KMCDB 1027.8 -11.1 SNLI 585.1 -0.9 MBL 255 -4 LUK 9.21 -0.09 SMATA 875 -16 GBLBS 738 -10
×
असहायका छोरीको विवाहमा पत्रकार पौडेल दिए बिहेका सामाग्री र भाेजखर्च



इन्दीप कोइराला

बारा, १ जेठ । अच्युत पौडेल पेशाले पत्रकार हुन् । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज समेत रहेका पौडेलले पत्रकारिता सँगै सामाजिक क्षेत्रमा समेत विगत देखिनै सक्रियता बढाउदै आएका छन् ।

 

पत्रकार पेसाले मात्र जिवनयापन गर्न मुश्कि हुने भएकाले पौडेलले पत्रकारका सँगै ओम बिनायक ट्राभल्समा तेस्रो पुस्ताका रुपमा सञ्चालन गर्दै आएका छन्, जसका कारण उनले सामाजिक भावले विपन्न र असाहयको निम्ति सेवा पनि दिइरहेका छन ।

पछिल्लो समय पौडेलले बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई)को छोरीको विवाहका लागि भोज सामग्री सहयोग गरेका छन् । मुटु र  क्षयराेगका बिरामी एवम् आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले करिव २ सय ५० जनालाई खान पुग्ने सामग्री र बेहुला बेहुलीको लागि पहिरनका पोशाक समेत सहयोग गरेका हुन् ।

 

बुधबार बिहान बारागढी गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई विवाहका सामग्री हस्तान्तरण गरेका हुन् ।

 

पत्रकार पौडेलले आर्थिक अभावका कारण कोही पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गर्ने गरेको बताए । उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई निकै कष्ट हुने गरेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनु पर्नेमा जोड दिए ।

 

उनले भने, ‘पेसाले म पत्रकार हुँ । संयोगवस अर्को सेवाको कार्य ट्राभल्सको लाइनमा पनि जोडिन पुगे ।’ पौडेल भने ‘म बाटो हिड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, जसका कारण समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा के योगदान दिन सक्छौं, यही कुराले पिरोलिरहयो,’ उनले भने, ‘सक्ने मान्छेले सामाजिक कार्यमा भाग लिन सक्नुपर्छ । सबै पैसा कमाउनमा लिप्त छौं, तर कसैले मद्दत किन गर्दैन्, समाजले हामीलाई धेरै दिएका छ, हामीले के दिन सक्यौं ?’

 

यसै कारण पौडेलले ‘विपन्न र असाहयका छोरीको विवाहमा बिहेभोजका लागि सामग्री हस्तान्तरण’ सुरु गरेका थिए । उनको उद्देश्य भनेको त्यो व्यक्ति जसको भोक मेट्ने पैसा छैन, उसलाई सहयोग गर्नु हो । भगवानलाई सधै सकेको सेवा गर्न पाउँ भनेको छु सायद त्यहीँ भएर होला आउने व्यक्तिहरूलाई सहयोग गर्न सक्ने वातावरण बनिरहेको छ ।

 

पौडेलका अनुसार, ‘हामीले सहयोग गरेका व्यक्तिहरूको संख्या निकै छ, यसले ठूलो सन्तुष्टि दिएको छ ।

 

सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले हामी जस्तो असहाय पारिवारको छोरीको बिहे पनि सहज तरिकाले गर्न पाएको बताइन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस